Ad #144479

२ पौष , काठमाण्डौ। मदन भण्डारी फाउन्डेसनले काठमाण्डौको गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम सुरु गरेको छ । सो तालिममा तिन नगरपालिकाका सबै वडाबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।

पहिलो चरणको तालिममा बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिकामा पत्रकारिता तालिम सम्पन्न गरिएको जानकारी दिंदै तालिम व्यवस्थापन समितिका संयोजक इन्द्र डंगोलले पौष १ गते बाट काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकामा तालिम शुरु हुने बताउनु भएको छ।

मदन भण्डारी फाउन्डेसनकी केन्द्रिय सचिव पेम्बा लामाले तालिमको उद्दश्य माथि प्रकास पार्दै स्थानीय तहका सकारात्मक र सृजनात्मक कामहरुलाई संचार माध्यम र सामाजिक संजाल मार्फत व्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरिएको बताउनु भएको छ।

काठमाडौं जिल्लाका ११ वटै पालिकाका १३८ वटै वडाका प्रशिक्षार्थीहरुको सहभागितामा हुने तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह ,संघियता ,नेपाली कम्युनिस्ट आन्दोलन लगायतका विषयमा बरिस्ट प्रशिक्षकहरुले प्रशिक्षण दिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारीले जानकारी दिनुभएको छ ।

तालिमको अन्तिम चरणको तालिम दक्षिणकाली ,चन्द्रागिरी र किर्तिपुर नगरपालिकामा संचालन हुने आयोजकले जानकारी दिएको छ।