Ad #144479

 

२ पुष, काठमाडौं । बामदेव गौतम नेपाली राजनीतिका यस्ता पात्र हुन् जसका नाममा सबैले लाभ लिने गर्छन् । प्रधानमन्त्री केपी ओली मात्र होइन, पूर्व माओवादी अध्यक्ष रहँदाकै बेलादेखि पुष्पकमल दाहाल प्रचण्डलेसमेत गौतमलाई प्रयोग गर्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीका हरेक संकटमोचनमा गौतम अचुक अस्त्र बन्ने गरेकाछन् । त्यसैले कुनैबेला प्रचण्डले भनेका थिए– बल्ल बुझें गौतम कम्रेडलाई कसरी भकुण्डो बनाइको रहेछ ।  तर गौतमले ओलीबाट कहिल्यै साथ र सहयोग पाएनन् । सधैं उधारो पद दिने र फकाउने काम गरे । पटक पटक यस्ता घटना दोहरिरहँदासमेत गौतमको आकर्षण ओलीप्रति कतै न कतै रहेकै छ ।

यसैक्रममा हिजोपनि ओलीले वामदेवलाई आफ्नो स्वार्थमा ताने । स्थायी कमिटी बैठकमा ओलीले आफू पदत्याग्न तयार रहेको भन्दै विकल्पमा फेरिपनि गौतमको नाम अगाडि सारे ।

यद्यपि अब चाहिं ओलीको बोलीमा गौतमलाई पत्यार छैन । तैपनि उनी विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर ओलीले पगरी गुथाएकाले कतै दिइ पो हाल्लान् की भन्ने लोभलेपनि छाडेको चाहिं छैन ।