Ad #144479

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बुधबार दिउँसो बस्ने गरी देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सरकारले हठात् जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने भएको छ । यस्तै भोली बस्ने बैठकमा पार्टीले सोमबार देशभर गरेको विरोध कार्यक्रमको समीक्षा पनि हुने काग्रेसले जनाएको छ ।