३० मंसिर, काठमाडौं । नयाँ अध्यादेश बमोजिम बालुवाटारमा संवैधानिक परिषदको बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार बैठकमा नयाँ अध्यादेश बमोजिम बहमुत सदस्य मात्रै सहभागी छन् । प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी छैनन् । ओलीले अध्यादेश ल्याएपछि दुवै जना बैठकमा सहभागी नभएका हुन् ।












