Ad #144479

२७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी पुस ४ गते बस्ने भएको छ। पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठकको मिति तय गरेको हो।

अध्यक्षत्रयको बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो।