Ad #144479

एजेन्सी । आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ, आँखामा हेर्नाले उक्त व्यक्तिको बारेमा धेरै जानकारी पाउन सकिन्छ। “आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाँउछ ।

यो कुनै जादु हैन, न त शत प्रतिशत सहि नै हो। यो केवल विज्ञान हो। आँखा र दिमागको सम्बन्ध अन्य अंगको भन्दा ‘घनिष्ठ’ हुन्छ।

मानिसहरुको आँखाको नानीको रंङ्ग फरक–फरक हुने गर्दछ । कसैको कालो , कसैको निलो, कसैको खैरो त कसैकोे पहेलो । समुद्रशास्त्रका अनुसार आँखाको रंङ्गको माध्यमद्वारा मानिसको व्यवहार र भविष्यको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

कालो आँखा
कालो रंगको आँखाको सबैभन्दा अचम्मको कुरा यो हो कि पुरै कालो आँखा एकदमै दुर्लभ छ। हामी जुन आँखालाइ कालो भन्छौ ती वास्तवमा गाढा खैरो रंगका हुन्छन्। गाढा खैरो वा कालो रंगले रात, रहस्य र अंतर्ज्ञान जनाउछ।

खैरो आँखा
खैरो आँखा भएका मानिसहरु अति चंचल स्वभाव र सुन्दर हुन्छन् । सबैभन्दा बढी पाइने आँखाको रंग हो खैरो। खैरो आँखा भएका व्यक्तिहरु आकर्षक अनि आत्मविश्वासी हुन्छन्। माटोको रंग बुझाउने खैरो रंगको आँखा भएका व्यक्तिहरु सरल, सिर्जनशील अनि सकारात्मक विचारका हुन्छन्।

निलो आँखा
निलो आँखा संसारकै सबैभन्दा बढी खोजिने आँखामा पर्दछ। निलो आँखा भएका मानिसहरु अत्यन्तै चलाख , अवसरवादी र सानदार व्यक्तित्वको धनी हुन्छन् । शान्त, तेज अनि यौवनले भरिएका हुन्छन् निलो आँखा हुनेहरु। यस्ता व्यक्ति जोसिला हुन्छन अनि कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्ने हुन्छ यी व्यक्तिहरुसंग। खुसी हुन जानेका हुन्छ जीवनका हरेक क्षेणमा।

पहेलो आँखा
जुन व्यक्तिको आँखा घ्यू जस्तो पहेलो हुन्छन् उनीहरुको हृदय उदार हुन्छ । यीनिहरुमा ईश्वर प्रति गहिरो आश्था हुने गर्दछ । जस्लाई यीनिहरुको सहयोगको आवश्यकता पर्दछ यीनिहरु सहयोग गर्न पछि पर्दैनन् ।

हल्का कालो अनि सेतो रंग मिसिएको आँखा
यस्तो आँखा हुने व्यक्तिहरुमा नेतृत्व गर्ने क्षमता हुन्छ। निडर हुन्छन् तर फरासिला अनि बुद्धिमान हुन्छन् यस्ता व्यक्ति। यस्तो आँखा भएका व्यक्ति अरु भन्दा कम रिसाहा हुन्छन्। गरेको काममा आफ्नो सबैकुरा लगाउन सक्ने हुन्छन्। प्रेमलाइ अत्यन्त गम्भीर रुपमा लिन्छन्।

आँखी भौं र आँखाको आकार
आँखी भौंले पनि धेरै भुमिका खेल्छ। आँखी भौं माथी सार्दै आँखा ठुलो बनाउने काम महिलाहरुले पुरुष अगाडी हुँदा धेरै गर्ने गर्दछन्। महिलाहरुले केही आश गरेझै बच्चाको जस्तै आँखा ठुलो बनाउँदा पुरुषहरुमा एउटा हर्मोन उत्पादन हुन्छ जसले संरक्षण र सुरक्षा गर्ने मनस्थिति तयार गर्छ।