Ad #144479

२४ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका छन् । प्रधानमन्त्री निवास वालुटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट समाधान हुने बताएका छन् । भेटवार्तामा ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका छन ।

 तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाई माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । भेटमा उनले भनेका थिए, तपाईले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो ।

जवाफमा प्रचण्डले भने दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् । बैठकलाई प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेका थिए । मंसिर २१ मा स्थायी कमिटी बैठक भेटेपछि ओली र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो । त्यसअघि २५ दिनको संवादहीनता तोड्दै स्थायी कमिटी बैठक बस्नु अघिल्लो दिन मात्रै ओली र प्रचण्ड बीच छोटो समय भेटवार्ता भएको थियो । तर बुधबारको भेटवार्ता भने त्यस दिनको भन्दा लामो चल्यो ।

प्रधानमन्त्री एपं अध्यक्ष ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित भएपछि ओलीले आफू निकट नेताहरुमार्फत् विशेषगरी प्रचण्डसँग संवाद र सहमतिको प्रयास गरिरहेका छन् ।