एजेन्सी । आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ । बिहे अघिनै एक-अर्काको आनीबानी थाहा नभएपनि त्यस सम्बन्धि सावधानी अपनाउनु निकै बुद्धिमानी हुन्छ ।
बिहे पछि यस्तो आनीबानी थाहा पाउनकै लागि वर्षौंसम्म लाग्न सक्छ । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ । तर तपाईलाई थाहा छ छोरी या युवतीबाट बुहारी बनेपछि महिलामा के परिवर्तन आउँछ । विवाहपछि महिलाहरुमा हरेक कुरामा परिवतर्न आउँछ । उनीहरुको सोचाइ, बोल्ने, शैली, खानपान रहनसहनदेखि हरेक कुराहरु बदलिंदै जान्छ । यी हुन् विवाहपछि युवतीमा आउने परिवर्तन:
१. सुखी पत्नी र दुखी पति
विवाह गरेर गएपछि युवतीका लागि आफ्नो भाइ संसारकै सबैभन्दा दुखी पति लाग्छ भने बहिनी, जेठानी र नन्द जस्ता महिला सबै भन्दा सुखी लाग्छ । विवाहभन्दा पहिला पुरुषको मन पर्ने बानी पनि विवाहपछि युवतीलाई मन पर्न छोड्छ ।
२. शरीरमा लापरवाही
विवाह भन्दा पहिला युवतीहरुले आफ्नो फिगरलाई विशेष ध्यान दिने गरका हुन्छन् तर विवाह पछि उनीहरुको ध्यान अन्तै केन्द्रित हुन जान्छ । उनीहरु विवाह भन्दा पहिला शरीरलाई स्फूर्त राख्नका लागि निकै मिहेनत गर्छन् ।
३. कामको चाप
उनीहरुको लागि विवाह गरेर गएको घरमा काम गर्ने मानिसको सहायता चाहिनेसमेत हुन जान्छ । विवाह भन्दा पहिला घरमा सबै काम गर्ने युवती विवाह गरेपछि केही अल्छि हुन्छन् ।
४. हिसाब किताब
विवाह भन्दा पहिला घरायसी खर्चमा कुनै वास्ता नराख्ने युवती विवाह गरेर गएपछि भने आर्थिक कारोबारमा सक्रिय बन्न खोज्छन् । विवाह भन्दा पहिला बैंकमा खाता नहुने र खोल्ने आवश्यकता नठान्नेहरुले समेत विवाहपछि बैंकमा खाता खोल्छन् ।
५. नन्द जेठानीसँगको प्रतिस्पर्धा
आफूलाई मन परेको र मर्जी अनुसारका कपडा र अन्य गरगहनामा चासो राखेका हुन्छन् तर विवाह भन्दा पहिला बहिनी वा भाउजु वा अरुले के लगाए वा के किने भन्ने कुरामा युवतीको खासै चासो रहँदैन । विवाह गरेर गएपछि नन्द वा जेठानीसँग प्रतिस्पर्धा शुरु हुन्छ ।











