काठमाडौं । विशेषत सुनबाट बनेका विभिन्न गरगहनाको प्रयोग हुने गरेको छ । विशेषगरि महिलाले सुनका गरगहना लगाउने गरेका छन् । सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुन मात्र होइन चादिँ तथा अन्य विभिन्न धातुको प्रयोग गरि गहना लगाउने गरिन्छ ।
पुरुष भन्दा महिलाले सुनको प्रयोग बढि गरिरहेका हुन्छन् । सुन बाहेक अन्य धातुबाट बनेका गरगहना पनि लगाइने गरिएको छ । यस्ता गहनाले शरीरमा असर पर्ने हुन्छ तर सुनका गहनाले भने कुनै हानी नगर्ने मान्यता रहेको छ ।
हिन्दू धर्म शास्त्रमा गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ । सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ ।सुन प्रयोग गर्दा तलका निम्न तथ्यलाई ख्याल गर्नुपर्छ
- गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।
- सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।
- देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ ।
- खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ ।
- घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।
- ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।
- साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ ।
- फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।
- कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ ।











