२४ मंसिर, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबिच एकता गरी अहिले केहीबेरअघि अनलाइन कार्यक्रममार्फत् विवेकशील साझा पार्टी घोषणा गरिएको छ।
पार्टी घोषणा कार्यक्रम साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरूमात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो।
अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक मिश्र र विवेकशीलका पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।
एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।
यस्ताे छ, विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण घोषणापत्र :












