२४ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष प्रचण्ड खुमलटार निवास फर्किएका छन् । प्रचण्डको सचिवालयका अनुसार आजको छलफलमा पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी भएको छ ।
[sidebar name="button post"]









