पार्थिव पटेलले लिए क्रिकेटबाट सन्न्यासको घोषणा

२४ मंसिर, एजेन्सी । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले सबै किसिमको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । दुई वर्षयता भारतीय टोली बाहिर रहेका पटेलले बुधबार सन्न्यासको घोषणा गरेका हुन् । उनले पछिल्लो पटक भारतबाट सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध टेष्ट खेल खेलेका थिए ।

एक महिना अघि संयुक्त अरव इमिरेट्स ‘यूएई’ मा सम्पन्न इन्डियन प्रिमियर लिग ‘आइपिएल’ मा रोयल च्यालेन्जर्स बेंगलोरलले पटेललाई सबै खेलमा बेन्चमा राखेको थियो । ३५ वर्षिय पटेलले भारतबाट २५ टेष्ट, ३८ ओडिआई र २ टि२० आई खेलेका छन् । उनले सन् २००२ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । टेष्टमा उनले ९ सय ३४ रन बनाएका छन् । ओडिआईमा सन् २००३ मा न्युजिल्यान्ड विरुद्ध ओडिआईमा डेब्यू गरेका पटेलले अन्तिम खेल सन् २०१२ मा श्रीलंकाविरुद्ध खेलेका थिए ।

ओडिआईमा उनले ७ सय ३७ रन बनाएका छन् । उनले १ सय ९४ प्रथम श्रेणीमा २७ शतक र ६२ अर्ध शतक सहित ११ हजार २ सय ४० रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन २ सय ६ रन छ । १ सय ९३ लिष्ट ए र २ सय ४ टि-२० एस खेलेका छन् । उनको नाममा टेष्टमा विकेटकिपरको रुपमा खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान छ । उनले १७ वर्ष १ सय ५२ दिनमा टेष्टमा टेष्टमा डेब्यू गर्दै कीर्तिमान कायम गरेका थिए । समग्रमा उनले ९३ क्याच र १९ स्टम्पिङ गरेका छन् ।

पटेल भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कारण ओझेलमा परेका एक विकेटकिपर पर्दछन् । पछिल्लो समय उनी भारतीय टोलीको रोजाईमा देखिदैनन् । टेष्टमा ऋद्धिमान शा, ऋषभ पन्त रहँदा सिमित ओभरमा लोकेश राहुल र सन्जु स्यामसन खेलि रहेका छन् । इशन किशनले पनि भारतीय टोलीमा दाबेदारी प्रस्तुत गरि रहेका छन् ।

[sidebar name="button post"]