२४ मंसिर, एजेन्सी । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसबाट अत्याधिक प्रभावितको सूचीमा रहेको देश बेलायतमा मानिसको लापरवाहीले गर्दा अर्को वर्षको जाडो यामसम्म मास्क लगाउनु पर्न सक्ने बताइएको छ ।
बेलायत सरकारका चीफ साइन्स एडभाइजर प्याट्रिक वालेन्सले देशमा मानिसको लापरावाहीका कारण यस्तो स्थिती सिर्जना हुनसक्ने बताएका छन् । त्यस्तै उता जर्मनीमा फेरि लकडाउनको संकेत देखिएको छ ।
जर्मनीको स्वास्थ्य मन्त्रालयले मंगलवार यसको जानकारी गराएको हो । सरकारले प्रतिबन्ध बाहेक अर्को विकल्प नरहेको बताएको छ । अब छिटै देशमा स्कूल बन्द गरिने बताइएको छ ।
[sidebar name="button post"]









