राष्ट्रपतिमा निर्वाचित बाइडेनको वाचा : सय दिनमा १० करोडलाई खोप !

२४ मंसिर, एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने लक्ष्य कायम गरेको बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने तथा कोभिड–१९ को हालको अवस्थामा धेरै परिवर्तन आउने बाइडेनले बताए । आउँदो जनवरी २० मा सत्ता लिएपछि स्वास्थ्य सेवाको नेतृत्व लिने टिमको घोषणा गर्दै बाइडेनले पुनः अमेरिकीसँग आग्रह गरे ‘१०० दिन मास्क लगाउनु होला ।’

फाइजररबायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा एक करोड ५० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । यस्तै दुई लाख ८५ हजार भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

बाइडेनले स्वास्थ्य मन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता हाबियर बसेरालाई प्रस्तावित गरेको घोषणा गर्दै बाइडेनले भनेका छन्, ‘मेरो कार्यकालको पहिलो १०० दिनले कोभिड–१९ भाइरसलाई अन्त्य गर्ने छैन, म त्यो वाचा गर्न सक्दिन । तर अवस्था सुधार हुनेछ ।’

[sidebar name="button post"]