२२ मंसिर, काठमाडौं । चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाधिएका छन् । उनले कालीकोट महाबै गाउँपालिका ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानमा विवाह गरेका हुन् ।
आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत डेढ बर्षदेदेखि नन्दासँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।
यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।
[sidebar name="button post"]









