के तपाईं दाँत चम्काउन चाहनु हुन्छ ? यस्तो बिधि प्रयोग गर्नुहोस्

एजेन्सी । पहेँलो दाँतका कारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन् । दाँतलाई पहेँलो बनाउने कैयौँ कारण हुन्छन् । बढी चिया, कफी, तमाखु र चुरोट सेवन गर्नेहरुकाे दाँत पहेँलाे हुन्छ । तर यस्ताे समस्या हुनेले घरमै दाँत सेताे बनाउन पनि सक्छन् ।

यस्ता समस्याबाट मुक्त हुन मानिसहरू विभिन्न थरिका टुथपेस्ट प्रयोग गर्न थाल्छन् ।सबै टुथपेस्ट राम्रो हुन्छन् भन्ने हुँदैन ,कतिपय टुथपेस्ट दाँतलाई सेतो बनाउनको सट्टा उल्टै पहेँलो बनाई दिन्छ। तर, यस्तो समस्याको लागि घरेलु उपायबाट पनि मुक्त हुन सकिन्छ ।

कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती प्रमुख अस्त्र हो । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । र, केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।

खाने सोडा
बेकिङ सोडाको प्रयोगले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ ।टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्नले दाँत सफा हुन्छ ।

नरिवलको तेल
नरिवलको तेल धेरै कुरामा फाइदाजनक छ । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै उपयोगी छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउनुको साथै,टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर दाँत ब्रस गर्नाले दाँत चम्किनको साथै  सफा पनि हुन्छ ।
तुलसी
तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दाँतत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।
नीम
नीमको उपयोग धेरै पहेँलो दाँतको सफाई गर्न प्रयोग गरिन्छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ।

[sidebar name="button post"]