२१ मंसिर, सुर्खेत । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा पञ्चपुरी नगरपालिका–६, निवासी ५३ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनमा मंसिर ९ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कर्णाली प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।
प्रोटोकल अनुसारका सबै उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ । उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २० पुगेको छ ।












