Ad #144479

२१ मंसिर, धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

झापाको विर्तामोड–८ घर भएकी ४५ वर्षीया महिलाको गएराति करिब साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

ती महिलामा यही मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनमा मुटुसम्बन्धी समस्यासमेत रहेको अस्पतालले जनाएको छ ।