१९ मंसिर, सल्यान । सल्यानमा घरमा दुई जना श्रीमती हुँदा हुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बहुविवाहको आरोपमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका हुन् ।
वडाध्यक्ष कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्ष कुमाईसहित उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घरमा दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उनीविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएका थिए ।












