Ad #144479

१९ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २९ गते सरकारविरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको हो ।

देशव्यापी रूपमा बढेको भ्रष्टाचार, कोरोनाको असफल व्यवस्थापन र ठाउँ-ठाउँमा भइरहेका दमनका विरुद्धमा कांग्रेस सडकमा आउन लागेकाे हाे ।

आजको पदाधिकारी बैठकले दुई वटा निर्णय गरेको छ ।  पहिलो मसिर २९ गते ७७ वटै जिल्लामा देशव्यापी प्रदर्शन गर्ने र दोस्रो संसदको अधिवेशन माग गर्ने ।