Ad #144479

१९ मंसिर, काठमाडौं । बाराबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालालाई पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् ।

गस्ती टाेलीले पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट नियन्त्रणमा लिइएकाे बताइएकाे छ ।