१७ मंसिर, काठमाडौं । आठ महिनादेखि कोरोनाले ठप्प व्यवसाय संचालन गर्न माग गर्दै ठमेलका व्यवसायीले प्रदर्शन् गरेका छन् । संक्रमणले व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै उनीहरुले आज प्रदर्शन गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ बाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए ।
रात्रीकालीन व्यवसायीहरुले ‘काम छैन दाम छैन’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।












