१७ मंसिर, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा काठमाडौंको माइतीघर विरोध प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघको आह्वानमा काठमाडौंको माइतीघरमा साढे ५ बजे विरोध प्रदर्शन गरिएको हो ।
नेविसंघले नालायक,निकम्मा र भ्रष्ट सरकारको ज्यादतिका बिरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले बिकास निर्माण र सामाजिक कार्यमा स्थानिय जनताको चाहना,योजना र निमन्त्रणामा कार्यक्रम स्थलमा जाने क्रममा राज्य शक्ति र सत्ताको बलमा वरिस्ठ राजनीतिज्ञ तथा नेपाली कांग्रेसका शिर्ष नेतामाथी गरिएको सरकार र राज्य द्वारासंरक्षित नेकपा कार्यकर्ता हरुको दुर्ब्यवहार कम्युनिस्ट शासनको बर्बरताको नमुना भएको बताएका हुन् ।
वर्तमान ओली सरकार पुर्ण रुपले सर्बसत्ताबाद तर्फ उन्मुख नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । यस्तै कास्कीको पोखरा महेन्द्रपुलमा पनि विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा “केपी चोर देश छोड, केपी तेरो पाराले दुख पाए साराले”वरिष्ठ नेतालाई रिहा गर लगायतका नारा लगाएका थिए ।












