१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न माग गरेका छन् । साथै उनले सरकारले कानुनी राज्यको धज्जी उडाएको पनि टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता कोइरालाले पुलको उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई पक्राउ गरेर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको बताएका छन् । पौडेलको कार्यक्रम रद्द गर्न नेकपाका नेता कार्यकर्ताले तनहुँमा प्रदर्शन गरेका थिए ।

त्यही प्रदर्शनको आडमा प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो । त्यही बाहनामा प्रहरीले वरिष्ठ नेता पौडेललाई पक्राउ गरेर हिराशतमा राखेको हो ।












