Ad #144479

१७ मंसिर, काठमाडाैं । सत्तारुढ नेकपाको सचिवालय बैठक २० मीनेट मात्रै बसेर सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली नभएको बैठक २० मीनेट बसेर स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि स्थगित भएको बुझिएको छ ।