Ad #144479

१७ मंसिर, काठमाडौं । नेकपाको सचिवालय बैठक दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण पूर्वनिर्धारित बैठक एक घण्टा ढिलो सरेर २ बजे बस्न लागेको हो ।

यसअघि आज दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको थियो । तर ओलीले बैठकमा सहभागी नहुने बताएपछि बैठक २ बजेका लागि सारिएको हो । आजको सचिवालय बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीको व्यस्तताका कारण बैठक एक घण्टा ढिलो सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । हिजोको बैठकमा अध्यक्ष ओली र प्रचण्डबीच भनाभन भएको थियो ।