१७ मंसिर, काठमाडौं । उपचारको क्रममा पाल्पा र स्याङजाका थप एक र एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।
मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।












