१७ मंसिर, बाँके । बाँकेको कोहलपुरमा दाङका संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी यही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका थिए । कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड-१९ आइसोलेसनमा भर्ना भएका थिए ।
उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापी समेत गरिएको थियो । यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्यामात्रै ५२ पुगेको छ ।












