Ad #144479

१६ मंसिर, काठमाडौं । नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूरक प्रस्ताव पेश गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा असन्तुष्टि जनाउँदै प्रचण्डले पूरक प्रस्ताव पेश गर्ने भएका हुन् ।

२८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए । त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमा ओलीले उठाएका विषयबारे प्रचण्डले पनि लिखित रुपमा नै जवाफ दिन अर्को पूरक प्रतिवेदनको तयारी गरेका हुन् । बैठकमा प्रचण्डले जवाफ दिने भएपनि लिखित रुपमा जवाफ दिँदा त्यो पुरक प्रस्तावका रुपमा दर्ता हुने छ ।

नेकपामा अध्यक्षद्धयको प्रस्तावमाथिको प्रस्तावले पार्टी एकता अन्यौलमा परेको छ भने अब मिलेर जानुको साटो पार्टी फुटाउनुपर्ने स्वर बढ्न थालेको छ ।