Ad #144479

९ मंसिर, काठमाण्डौ। सुन्दा पनि पत्याउनै गाह्रो हुने जस्तो तर यो सत्य हो । काठमाडौं महानगरपालिका सुरक्षा शाखाका डीएसपी दिनेश अर्यालले कार्यलयको समयपछि मापसे सेवन गरेर सरकारी गाडी नम्बर बा २ झ २७२८ गाडीको दुरुप्रयोग गरेका छन् ।

गएको शुक्रबार ललितपुरको जाउलाखेलमा मापसे चेक गरिरहेको क्रममा डि एस पी अर्याल पनि परेका हुन्।

डीएसपी जस्तो जिम्मेवार र गरिमामय पदमा रहेर यस्तो हर्कत गर्नु आचरण विपरित रहेको छ।ट्राफिक प्रहरीले उहाँको लाइसेन्स लिएर अर्को चालक बोलाई गाडी चलाएर पठाएको जानकारी कागेश्वरी खबर डटकमलाई दिएको छ ।

हाल महानगरपालिकाले स्पष्टीकरण मागी मापसे गरेको अभियोगमा कारबाही गरिरहेको महानगरपालिकाका सुरक्षा प्रमुख धनपति सापकोटाले जानकारी दिएका छन्।

हेर्नुस भिडियो