९ मंसिर, काठमाडौं । नेपालकी १८ बर्षीया युवती सपना रोका मगर विश्वकै प्रभावशाली महिला बनेकी छिन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचिमा परेकी हुन् ।
बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।
सोही सूचीमा परेपछि सपना परेकी हुनु । यसअघि यो सूचीमा नेपालबाट दलित तथा सीमान्तृक समुदायकी उमादेवी वादी परेकी थिइन् । खासगरी लकडाउनका बेला समस्यामा परेका बेवारिसे शव जलाउने काम सपनाले गरेकी थिइन् । अहिले उनी खुलामञ्चमा असहाय र गरीबलाई निःशुल्क खाना पनि खुवाउँदै आएकी छिन् ।












