Ad #144479

८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन्। समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका स्याङ्जाका पाण्डेलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

यसअघि कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो। स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिससँगै निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो। कांग्रेसले गत २०७४ सालमा आयोगमा बुझाएको बन्द सूचीमा समानुपातिकतर्फ पाण्डेको नाम थियो।