८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग राजनीतिको कुनै अर्थ नरहेको बताउनुभयो । जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भूमिकामा रहने उनले बताउनुभयो।
नेकपा भित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्न समेत सिंहले आग्रह गर्नुभएको छ । सोमबार सत्य साई बाबाको ९५ औँ अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै नेता सिंहले झन्डै दुईतिहाई बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनु भयो ।
महनिौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारीका बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उहाँको भनाई थियो । सरकारले गर्नु पर्ने काम केही नगरि संघियताको मर्म र भावना बिपरित काम गरिरहेको पनि उहाँले बताउनु भयो ।
सत्ताको आडमा आजिवन जनताको जनमत पाए जसरी पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिबर्तन गरि कब्जाको शैलिमा आफ्नो दलका नेता हरु को नामाकरण गर्न थालेको प्रति कडा टिप्पणी गर्दै ईतिहास मेटाउने काम नगर्न चेतावनी पनि दिनुभयो ।
ठाउँमा ठाउँमा बनेका पार्क हरु ब्यवस्थापन गर्ने राख्नु पर्ने नेताका नाउँमा अनेत्त्र पार्क बनाउन सकिने कुरालाई ख्याल नगरि पुराना ईतिहास बनाएका पार्कहरु अतिक्रम गरे यो राम्रो नहुने भन्दै सत्ता ढलेपछिको परिस्थितीतमा के हुन्छ हेक्का राख्न समेत चेतावनी दिनु भयो।
आफुहरु सबैको ईतिहास र उपस्थितिलाई सम्मान गर्नु पर्छ भन्ने मान्यतामा रहेकाले यसको ख्यालल नगरि सताको अहमता नदेखाउन जिम्मेवार दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गरेका छन ।












