६ मंसिर, काठमाडौं । विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमण मुक्त भएका छन् । अहिलेसम्म चार करोड ९३ हजारभन्दा धेरैले कोरोनालाई जितेका वल्र्डओमिटरले जनाएको छ ।
गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् । त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २ सय ४० जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यही अवधिमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।












