सचिवालय बैठक एक हप्ता सार्न प्रचण्डसँग ओलीको आग्रह

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने नेकपाको बैठक सार्न आग्रह गरेका छन् । उनले नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग भोलि बस्ने सचिवालय बैठक एक हप्ता पछाडी सार्न आग्रह गरेका हुन् ।

तर प्रचण्ड र माधव नेपाल पक्षले भने बैठक सार्न गरिएको आग्रह स्वीकार गरिसकेका छैनन् । तर अध्यक्ष ओली बिनाको बैठक पूण नहुने भएकाले छलफल र परामर्शपछि बैठक सार्ने तयारी छ ।

यसका लागि ओलीले आन्तरिक परामर्श गरिरहेका छन भने प्रचण्डले भोलिकै बैठकबाट आफूले पेश गरेको प्रस्तावमाथि छलफल शुरु हुनुपर्ने बताएका छन् ।

पछिल्लो समय प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाको आन्तरिक किचलो झन बढेको छ ।

[sidebar name="button post"]