हिमपातका कारण फोन अवरुद्ध

मङ्सिर २ , दुई दिनदेखि परेको हिमपातका कारण व्यासको छाङ्रुमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवा अवरुद्ध भएको छ ।

हिमपातले स्काइको टावर रहेको क्षेत्र ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो । “दुई दिनदेखि फोन लाग्न सकेको छैन्”, स्थानीय योगेश बोहराले भन्नुभयो, “भायानेटमार्फत खलङ्गामा सञ्चार भइरहेको छ ।

टावर रहेको ठाउँमा हिउँले पूरै ढाकेको छ ।” सोलारपाता नै ढाकिएपछि स्काइ फोन लाग्न सकेको छैन । यो क्षेत्रमा नमस्तेको टावर जडान भइरहेको छ ।

[sidebar name="button post"]