प्रहरीद्वारा एक सय ५० किलो गाँजासहित पक्राउ

प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई आज पक्राउ गरेको छ ।

आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]