प्रधानमन्त्री ओली किन एक्लै गए शीतलनिवास ?

कार्तिक २९, काठमाडौं । दिउँसोसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका शीर्ष नेताहरुको सामूहिक भेटवार्ता हुने भनिएपनि साँझपख प्रधानमन्त्री केपी शर्मा ओली एक्लै शीतलनिवास पुगेका छन् ।

नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली शीतलनिवास पुगेका हुन् । राष्ट्रपति प्रधानमन्त्री भेटवार्ता नियमित र सामान्य हुने भएपनि पछिल्लो समय प्रचण्डसँगको विवादले गर्दा ओली यसपटक फेरि तनावमा देखिएका छन् ।

ओलीको तनाव कम गर्न सधै राष्ट्रपति भण्डारी मात्रै सक्रिय हुने गरेकी छिन् । भण्डारीकै साथ, सहयोग र सल्लाहपछि मात्रै ओली पार्टीमा सम्भावित कदम चाल्ने गरेका छन् । दिउँसोसम्म वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतम पनि भेटवार्तामा सहभागि हुने कार्यक्रम थियो ।

तर अन्तिम समय ओली एक्लै वालुवाटारबाट राष्ट्रपतिसँग भेटवार्ताका लागि शीतलनिवास गएका हुन् ।

[sidebar name="button post"]