लक्ष्मीपूजाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु शीतलनिवासमा भेला

२९ कार्तिक, काठमाडौं । लक्ष्मीपूजाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु राष्ट्रपति निवास शीतलनिवासमा भेला भएका छन् । आन्तरिक छलफलका लागि राष्ट्रपति भण्डारीले नेताहरुलाई शीतलनिवास बोलाएकी हुन् ।

लक्ष्मीपूजाको दिन पारेर शीतलनिवासमा नेकपाभित्रको किचलोका विषयमा गम्भिर छलफल हुने अनुमान गरिएको छ । भेलामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई पनि बोलाइएको छ ।

यद्यपी भेलामा प्रचण्ड उपस्थित हुने वा नहुने भन्ने विषय एकिन भइसकेको छैन् । शुक्रबार मात्रै कार्यकारी अध्यक्ष प्रचण्ड नेकपाको सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव पेश गरेपछि सत्तारुढ पार्टीको राजनीति तरंगित छ ।

पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि राष्ट्रपति भण्डारी बेला बेला सक्रिय हुने गरेकी छिन् । यसपटक पनि राष्ट्रपति भण्डारीको सक्रियता र मध्यस्तताबिना विवाद समाधान हुने सम्भावना कम भएपछि शीतलनिवास फेरि सक्रिय बनेको हो।

[sidebar name="button post"]