सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाएका छन । स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । तर सहमति भएकाे छैन ।
दिउँसो बोलाइएको सचिवालय बैठकमा पनि ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ ।












