चुनावी मतगणनामा पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले चुनावमा धादली गर्ने डेमोक्र्याटहरुविरद्ध अदालत जाने चेतावनी दिएका हुन् । उनले मतगणना रोक्न माग गरेका छन् ।
ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन। चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ। तर ट्रम्प हारको मानसिकताका साथ प्रस्तुत भएका छन् ।
उनले आफू चुनाव जित्ने दाबी गरेपनि ठोस जित हात पार्न सक्ने खुशी व्यक्त गर्न सकिरहेका छैनन् । उनका प्रतिष्पर्धी जोय बाइडेनले भने आफू जितको बाटोमा अघि बढेको बताएका छन् । पछिल्लो मतपरिणाम अनुसार बाइडेनले २ सय ३८ इलेक्ट्रोल कलेज भोट पाएका छन् । ट्रम्पले भने २ सय १३ इलेक्ट्रोल कलेज भोट मात्रै पाएका छन् ।
अब बाइडेन राष्ट्रपति बन्न ३२ भोटले मात्रै टाढा छन् । तर ट्रम्पलाई चुनाव जित्न अझै ५७ इलेक्ट्रोल भोट आवश्यक छ । अमेरिकामा ५ सय ३८ इलेक्ट्रोल भोटमा राष्ट्रपति बन्न २ सय ७० इलेक्ट्रोल भोट ल्याउनुपर्छ ।












