रमिता दंगाल
कार्तिक ६, काठमाडौंकाे कात्तिकेमा अटाे दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । चार जना घाइते भएका छन् । दुर्घटनामा काभ्रे मण्डनदेउपुर १ हलेदेका ४५ वर्षका प्रल्हाद बस्ताकाेटीकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।
साँखुका लागि छुटेकाे अटाे शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेमा दुर्घटना भएकाे हाे । घाइतेमध्ये दुई जना सामान्य घाइते भएका छन् भने दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरुलाई उपचारको लागि साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा लगीएको कात्तिके वडा नं -३ का स्थानीय सुर्य तामाङ्गले जानकारी दिनुभयो ।
ओरालो भएकाले अटोको ब्रेक नलागेर घटना भएको हुन सक्ने उहाँले बताउनुभयो। अटो सडकबाट झण्डै १५ देखि २० मिटर तल खसेको पनि उहाँले जानकारी दिनुभयो। अटो चालक फरार रहेका र उनकाे खाेजी भैरहेकाे प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]










