भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ४ मा रहेको बाराही मन्दिर परिसरमा दाह संस्कारका लागि दाउरा राख्ने ट्रष्टकोे भवन निर्माण सम्पन्न भएको छ ।
धार्मिक एवं ऐतिहासिक महत्व बोकेको दक्षिण बाराही मन्दिर परिसरमा दाह संस्कारका लागि दाउरा राख्ने ट्रष्टकोे भवन निर्माण सम्पन्न भएको सुर्यविनायक नगरपालिकाले जनाएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) र नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।
भक्तपुरमा मठमन्दिर, पुरातात्विक सम्पदा, कला, संस्कृति, सडक, ढल, शिक्षा, स्वास्थ्य, हरियाली, पार्क, हनुमन्ते कोरिडोरलगायतका साना तथा ठूला आयोजनाहरु तीव्र गतिका साथ अगाडी बढिरहेको नगरपालिकाले जनाएको छ ।
[sidebar name="button post"]











