गृहमन्त्रालयले दसैंको समयमा शक्तिपीठहरुमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर गृहले यस्तो निर्देशन दिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शक्तिपीठमा भीडभाड हुननदिन परिपत्र गरेको गृह मन्त्रालयका प्रवक्ता सह(सचिव चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो ।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दसैंमा शक्तिपीठ तथा मठमन्दिर खोल्न आग्रह गर्दै सीसीएमसीलाई सिफारिस पठाएको थियो ।
यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको अवस्थामा गृहमन्त्रालयले नृत्यपूजाका निम्ति मात्र शक्तिपीठ खोल्न परिपत्र गरेको हो
[sidebar name="button post"]











