गरिबी निवारण दिवस : नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि

आज अन्तराष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि मनाइँदैछ । ‘सामाजिक र वातावरणीय न्याय प्राप्तीका लागि सँगसँगै काम गरौं’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

सन् १९९२ देखि हरेक वर्ष अक्टोवर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य राखिएको छ । राष्ट्रसंघले विकासउन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिबीको सूचकांकका रुपमा राखेको छ । नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ ।

गरिब पहिचान कार्यक्रम अन्र्तगत २६ जिल्लाका झण्डै ४ लाख गरिब परिवार पहिचान भएको र अहिले २३ जिल्लामा पहिचानको काम भैरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट समृद्धितर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दिवसले उत्प्रेरणा प्रदान गर्ने बताउनुएको छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पनि कोरोना महामारीले गरिबीको दुष्चक्र झनै बढाएको भन्दै गरिबी घटाउन अझ धेरै प्रयासहरु आवश्यक रहेको बताउनुभएको छ ।

[sidebar name="button post"]