कागेश्वोरी मनोहरा नगरपालिकाका अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द

असोज ३० , काठमाण्डौ। काठमाण्डौको कागेश्वोरी मनोहरा नगरपालिका भित्र कोरोना संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना नआएसम्मलाई बन्द गरिएको छ।

कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्य नजर गर्दै नगरपालिकाका प्रशासन शाखा , स्वास्थ्य शाखा ,योजना शाखा तथा लेखा शाखाहरुबाट दिंदै आएका अत्यावश्यकका सेवाहरु बाहेक अन्य शाखा / सेवाहरु बन्द गरिएको हो।

कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्गतका वडा कार्यालयबाट प्रदान गर्दै आएका अत्यावश्यक बाहेक अन्य सेवाहरु पनि बन्द रहने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

[sidebar name="button post"]