चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएको छ । गत असार २९ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा बोर्डर आउट पोष्ट स्थापना गरिएको हो ।
बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व–भन्सार गस्ती सुरक्षा) को भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।
सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठका अनुसार सीमासुरक्षा सम्बन्धी महत्वपूर्ण जिम्मेवारी पाएको बिओपीले दैवी प्रकोप उद्धारकार्यमा समेत खट्नेछ ।
[sidebar name="button post"]











