कागेश्वरी मनाेहरामा चाडपर्व लक्षित सुरक्षा याेजना : के गर्ने के नगर्ने हेर्नुस

समिता श्रेष्ठ

असाेज २८, दशैंतिहार जस्ता चाडपर्व नजिकिंदै गर्दा काठमाडौंकाे कागेश्वरी मनोहरामा सुरक्षा याेजना लागू भएकाे छ । महानगरीय प्रहरी प्रभाव थलिले सुरक्षा सर्तकता बढाएको हाे । अन्य अवस्थामा भन्दा चाडपर्वमा चोरी र लुटपाट बढी हुने हुनाले सुरक्षा बढाएको महानगरीय प्रहरी थलीले जनाएको छ ।

आउँदै गरेको विजयादशमी र दिपावलिलाई मध्यनजर गरेर हुन सक्ने अपराधी गतिविधि न्यूनीकरण गर्न गस्ती सुरु भएकाे पनि महानगरीय प्रहरी थलीले जनाएको छ । त्यसका साथसाथै टोल टोलमा गएर चाडपर्वको अवसरमा र कोरोनाको महामारीमा हुन सक्ने क्षतीबारे पर्चा बाँढ्ने र ठाउँ ठाउँमा टाँस्ने काम पनि गरेको छ ।

यसपाली प्रहरी प्रभाव थलिले बिगतमा भएका घटनाहरु लाई बिश्लेषण गरेर त्यस ठाउँमा बिगतको तुलनामा बढी मोटरसाइकल गस्ती, सुरक्षा गस्ती, पैदल गस्ती र सिभिल गस्ती पनि बढाएको छ। रातको समयमा पनि अपराध न्यूनीकरण गर्न र अपराध हुन सक्ने स्थानमा मोटरसाइकल गस्तीहरु बढाएकाे छ ।

त्यस्तै गरि बैंक तथा बित्तीय संस्थाहरुमा र संचालित पसलहरुमा हुन सक्ने अपराधी क्रियाकलाप बारे सचेतना फैलाउने काम हुँदै अाएकाे छ । एटीएम बुथ भएका ठाउँहरुमा पनि सुरक्षा गस्ति बढाएको र पहिले सामान्य अवस्थाको भन्दा अहिले चाडपर्व लाई मध्यनजर गरेर सुरक्षा गस्तीलाई दाेब्बर बढाएको प्रहरी नायव निरीक्षक रामेश्वर खड्काले बताउनु भयो।

पहिलेको तुलनामा सुरक्षा गस्ती सबै ठाउँमा बढाएको र डाछी, थलि, भद्रबास र हरिहरनगर क्षेत्रमा केही थप सुरक्षा निगरानी राखेको उहाँको भनाई छ। चाडपर्वको बेला जनताको सुरक्षाको लागि नै भनेर प्रहरीहरुलाई बिदा छैन।` दिनरात अन्य बेलाभन्दा बढी खट्ने गर्छौ, उहाँले भन्नुभयाे,`दशै तिहारलाई मध्यनजर गरेर निकालिएको पर्चाहरुमा सर्वसाधारणले सुरक्षा बिधि कसरी अपनाउन सकिन्छ भन्ने जानकारी प्रस्तुत गरिएको छ ।´

जस भित्र निम्न कुराहरू समाबेश गरिएको छ । ‌काम विशेषले घर र कोठा बाहिर जानु परेमा जिम्मा लगाई मात्र निस्किनुहोस् । ‌ सुनसान तथा एकान्त घर र कोठाहरूमा चोरीको सम्भावना बढि हुने हुँदा घर र कोठा खाली गरी बाहिर नजानुहोस्। ‌ बजार तथा बाटोमा आवतजावत गर्दा लुटपाट हुने सम्भावना हुँदा सजक हुनुहाेस्। ‌ सकेसम्म सुरक्षा सम्बन्धी उपकरणहरु : सिसि क्यामरा, सेन्सर लाइट, साईरन आदीको प्रयोग गर्नुहोस् । ‌

आ – आफ्नो सवारी साधन पार्किङ गर्दा सुरक्षित तवरले गर्नुहोस् । ‌ बैंक र वित्तिय संस्था तथा सुनचाँदी पसलहरुमा कारोवार गर्दा विशेष ध्यान दिनुहोस् । ‌ व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्दा आउने र जाने ग्राहकहरूमा समेत ध्यान दिनु हुन अनुरोध छ । ‌ भाडाको सवारी साधनमा सवार गर्दा वा लिफ्ट मागी सवार हुँदा लुटपाट तथा पाकेटमारी हुने सम्भावनाले गर्दा सजक रहनुहोस् । ‌

कुनै पनि नौला र अपरिचित व्यक्ति माथि शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्नुहोस् । ‌ मोबाइल फोन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । ‌ रातको समयमा पसल तथा सटरहरू सुरक्षित तथा व्यवस्थित तरिकाले बन्द गर्नुहोस् । ‌ घर बाहिर निस्कदा बहुमुल्य गरगहना नलगाउनुहोस् तथा आवश्यक भन्दा बढी नगद पैसा नबोक्नुहोस् ।

‌ यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानुहोस् । ‌यात्रा गर्दा आफ्नो बहुमुल्य चिजवस्तु तथा नगद पैसा गाडीको सिट वा डिकी तथा अन्य ठाँउमा बेवारिसे अवस्थामा नछाेड्नुहाेस् ।

[sidebar name="button post"]