असोज २४, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २६७२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३०८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १२२९ रहेको छ ।












