२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ।
हालदेशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् ।












